उर्लाबारीबाट विप्लव कार्यकर्ता अवैध हतियार सहित पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ७ गते

मोरङको उर्लाबारीबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकुलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको जानकारी उनले दिए ।

पक्राउ परेका उनलाई हाहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *