पर्सा प्रहरीको ठुलो सफलता : मुकेश चौरसिया हत्याको मुख्य आरोपी अखलेश पक्राउ

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, मङ्सिर ८ गते

पर्सा प्रहरीले विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको मुख्य आरोपी चौरसियालाई हिजो पक्राउ गरेको छ।

मिति २०७७।०७।०६ गते १२:५० बजेको समयमा जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी गाँउ स्थित सेलर मिलको भवनमा ने.क.पा. विन्दवासीनी गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा कार्यक्रम स्थल बाहिर ने.क.पा.का दुई पक्षविच वाद-विवाद झै-झग्डाको क्रममा वाँस तथा वाँसको भाठाले एक अर्कालाई प्रहार गर्ने  क्रममा  नेकपा पर्साका जिल्ला सद्सय एवम गाऊकमेटी सचिव जि.पर्सा विन्दवासिनी गा.पा.वडा नं.५ बस्ने बर्ष ३४ मुकेश चौरसिया घाइते भइ उपचारको क्रममा ऐ.०७ गते १२:३० बजेको समयमा न्यूरो अस्पतालमा मृत्यु भएको थियो।

उक्त घट्नाका मुख्य प्रतिवादी रहेका जिल्ला पर्सा विन्दवासिनी गा.पा.वडा नं.३ ईटियाही बस्ने  बर्ष ३८ को अखिलेश प्र.चौरसिया भन्ने अशेसर प्र.चौरसिया भागी फरार भई लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा मिति २०७७।०८।०७ गते निजलाई जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.२५ स्थित अलौ सिर्सियाबाट फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय प्रमुख पन्तले बताउनुभयो  ।

प्रहरीले घटनास्थलमा उपलब्ध नेताहरुले कार्यकर्ताकोवीचको झगडा छोडाउने प्रयास किन गरेनन भन्ने प्रश्नबाट अनुसन्धान थाल्ने स्रोतले जनाएको छ । प्रहरीले अनुसन्धानकालागि किटानी जाहेरीमा उल्लेख ब्यक्तिहरुलाई पक्राउ गरिरहेको पर्सा प्रमुख पन्तले बताउनुभयो।

घटनाको बिषयमा सार्वजनीक भएका भिडियोहरुमा देखिएको तथ्यका आधारमा अनुसन्धान भईरहेको एक प्रहरी अधिकारीले बताएका छन ।

पर्सा प्रहरीले चौरसियाको घटनामा सलङ्गन रहेको ४ जनालाई पक्राउ गरेको छ भने थप ८ जना फरार रहेका  ब्यक्तिहरुलाई छिटोभन्दा छिटो पक्राउ गरने पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *