आज मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाईदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर ८ गते

मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् । 

यस पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला  धातृको रुखको फेदमा खाना खाने मैथिल परम्परा छ ।

आफ्नै आँगन वा खेतबारी बगैँचामा  अमला (धातृ) का रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोजको तयारी गरेको देखिँदो छ । पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ । 

मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी र धातृनवमीसमेत भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् बिष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *