लागुऔषध ब्राउसुगर सहित ४ जना धरानबाट पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर ८ गते

झापाको मेचीनगर नगरपालिका-७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् ।
उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिक्री वितरण गर्दै गरेको अवस्थामा सीताराम आङ्देम्बे, उनका पत्नी मनिषा मगर पक्राउ परेका हुन् । त्यस्तै खरिकर्ता धरान–५ का २४ वर्षीय कल्याण राई र धरान–१६ का २४ वर्षीय रिजन लकान्द्री रहेका छन् ।

उनीहरूको साथबाट २८ ग्राम ब्राउनसुगरसहित एक लाख ३३ हजार रुपैयाँ नगद र ३ थान मोबाइल सेट बरामद गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरू विरुद्ध लागूऔषध कारोबार ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *