अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ९ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख चार हजार ८५९ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।