अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ९ गते
सोमबार एक नाल भरुवा बन्दुक सहित दुई युवक उदयपुरको कटारी नगरपालिका ७ मर्जेतपुरबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही वडा बस्ने ३० वर्षिय रुद्रबहादुर तामाङ र ३४ वर्षिय कृष्णबहादुर तामाङ रहेका छन् ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।