अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर ९ गते
हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाले मुम्बईको अदालतबाट जमानत पाएको छ।
सुशांत सिंह राजपूत प्रकरणमा लागूपदार्थको मुद्दा पछि फिल्म र टिभी जगतका धेरै नामी हस्तक्षेपकर्ताहरूलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले (एनसीबी) सोधपुछ गरे।

यस सम्बन्धमा एनसीबीले धेरै प्रतिष्ठित व्यक्तिको घरमा पनि छापा मारे। अब हास्य कलाकार भारती सिंहको नयाँ नाम पनि थपिएको छ।
ड्रग्स केसमा सनिबार सिंह दम्पतीलाई प्रहरीले पक्राउ गरेको थियो। एनसिबीले १८ घण्टा सोधपुछ गरेपछि आइतबार बिहान भारतीका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको थियो ।
भारतीको घर र अफिसमा ८६.५ ग्राम गाँजा भेटिएको थियो। भारतीले प्रहीलाई आफू पति हर्षसँग गाँजा लिने कुरा स्विकार गरेकी थिइन्।