आज थप १,९४८ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख २६ हजार २६ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १० गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,९४८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७ हजार ९९८जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३८९पुगेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *