अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर ११ गते
महोत्तरीको बर्दिबास बजार बिहीबार दिउँसोदेखि फेरि बन्द भएको छ । स्थानीयबासिन्दाले दिउँसो प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गर्दै पुनः बजार र राजमार्ग पूर्ण रुपले बन्द गराएका हुन् ।
बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर बर्दिवास नगरपालिका वडानम्बर १ बस्ने ४० वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।
घटनाको निष्पक्ष छानबिन,गोली चलाउन आदेश दिने प्रहरी तथा प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।