अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १५ गते

अछामबाट धनगढी आउदै गरेको बस दुर्घटनामा परेको छ ।

धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *