अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १७ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर २० गतेसम्म सचिवालय बैठक स्थगित गरेका छन् ।
आगामी बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन् ।
आज बसेको बैठक मंसीर २० गते फेरी बस्नेगरी सकिएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालयको बैठक मंसीर २० गते दिउँसो १ बजे फेरी बस्नेछ ।
भोलिका लागि बोलाइएको स्थायी कमिटिको बैठक समेत मंसीर २१ गतेका लागि सार्ने निर्णय समेत भएको छ ।