अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १७ गते
कक्षा १२ को नतिजा पुस महिनाभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी छ । परीक्षा मंसिर ९ गतेबाट शुरु भएको थियो ।
उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक्षणको काम सुरु भइसकेको छ । शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्नेछ ।
बोर्डको प्रदेश र शाखा कार्यालयहरूमा ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाइनेछ । केन्द्रमा अंक प्राप्त भएपछि कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर नतिजा सार्वजनिकको तयारी गरिने पौडेलले बताए । उनले कुनै बाधा अवरोध नभए १५ पुससम्म नतिजा प्रकाशित हुने आशा लिएको बताए ।