आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १८ गते

आज अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवस मनाइँदैछ ।

कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो । कोरोना भाइरस सङ्क्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गर्नुभयो ।

महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणनागरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *