अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर १८ गते
जन्ती बोकेको गाडी कैलालीमा दुर्घटना हुँदा बेहुला-बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सु.प.प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटना भएको छ।
गएराति ११ बजेतीर भीमदत्त राजमार्ग अन्तर्गत पर्ने जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बेहुलाबेहुली सहितका १३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइते हुनेमा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र बेहुली बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लावड रहेका छन।
यस्तै, बेहुली पट्टिको बैलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, २१ वर्षीय हरिश लुहार, १५ वर्षीय शेर लावड, २० वर्षीय अर्जुन लुहार, गोरे लुहार, ७ वर्षीय प्रदीप चौधरी, ५० वर्षीय लक्षी लुहार घाइते भएका छन।
बेहुलीपट्टिको कञ्चनपुरकै बेलौरी ,२७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, २१ वर्षीय राजु कार्की र चालक पुनर्वास नगरपालिका–२ का बिरबहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको अत्तरियाको पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।