अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १८ गते
हुम्लाको सिमकोटस्थित विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहीबार बिहानै आगलागी भएको छ । विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगोले कार्यालय प्रमुख बस्ने कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ ।
विमानस्थल क्वाटरमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दा लागि परेका छन् ।
अत्याधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिएका छन् ।