पाँच बुँदे सहमति भएपछि वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिए

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २० गते।

वीर अस्पतालका चिकित्सक र कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीसँग भएको वार्तामा पाँच बुँदे सहमति भएपछि उनीहरु काममा फर्केका हुन ।

कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै बीरका कर्मचारीहरु ४६ दिनदेखि आन्दोलनमा थिए ।

भत्ता वितरणमा देखिएका त्रुटि अस्पताल प्रशासन र आन्दोलनतर पक्षको प्रतिनिधि रहने गरी समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार गर्ने सहमति प्रतिस्ठान र कर्मचारीविच भएको हो ।

त्यस्तै कोरोना बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६र७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने, सेवा विस्तार भत्ता आगामी छ हप्ताभित्र दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति पनि भएको छ ।

प्रतिष्ठान सेवा तर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने सहमति पनि दुई पक्षविच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *