स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २० गते।

रुपन्देहीमा शुक्रबार स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षकका अनुसार गुप्ताको साथबाट पाँच सयको २६०२ वटा (१३ लाख १ हजार), हजारको १०९९ वटा (१० लाख ९९ हजार) बरामद भएको हो । मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि गुप्तालाई बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *