अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २३ गते।
सर्लाहीको विष्णु गाउँपालिकामा आगलागीमा परी लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
विष्णु-२, पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गएराति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ।
आगलगीबाट घरमा भएको लत्ताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर १२ लाख रूपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
सोमवार राती भएको आगलागी गाउँले र प्रहरी मिलेर झण्डै एक घण्टापछि नियन्त्रणमा लिएका थिए ।