विराटनगरका विद्यालय पुस २ गते देखी खुल्ने

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर २३ गते।

गत चैतदेखि बन्द रहेका विराटनगरका विद्यालय आगामी पुस २ गते देखी खुल्ने भएका छन् । विराटनगर महानगरपालिको नगर शिक्षा समितिको बैठकले बन्द भएका विद्यालय ९ महिनापछि सञ्चालन गर्ने निर्णय गरेको हो ।

मोरङका अन्य स्थानीय तहमा विद्यालय सञ्चालन भइसकेको छन् । तर महानगरपालिकाका भित्र भने पुसको २ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगरनगर शिक्षा समितिका अध्यक्ष दुर्गा खतिवडाले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन गर्दा विद्यार्थीको भिड कम गर्न २ चरणमा पठनपाठन सुचारु गर्ने निर्णय भएको बताइएको छ । धेरै विद्यार्थीको भिडले महामारीको जोखिम बढाउने भएकोले बिहान र दिउँसो २ सिफ्टमा विद्यालय सञ्चालनको निर्णय भएको हो । विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख छ ।

विद्यालय खोल्नुपूर्व महानगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पुरा गरे वा नगरेको अनुगमन गर्नेछ । विद्यालय सञ्चालनपछि पनि मापदण्ड पालना भए नभएको स्थानीय तहले अनुगमन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *