सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर २९ गते।

सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको स्थानीयवासी धर्मेन्द्र मेहताले बताउनुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक्षतर्फ फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको मेहताले बताउनुभयो ।

घटनापछि आरक्ष कार्यालयका कर्मचारी,नेपाल आर्मीका साथै स्थानीय प्रहरी घटनास्थलमा पुगी अनुसन्धान गरिरहेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *