प्रतिबन्धित लागूऔषधसहित तीन जना पोखराबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३० गते।

पोखराको काँहु भञ्ज्याङबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा जिल्लाको पोखरा महानगरपालिका–११ काँहु भञ्ज्याङबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१२ माटेपानी बस्ने बर्ष ३२ को रमेश गुरुङ, कास्की पोखरा महानगरपालिका–११ काहुभन्ज्याङ बस्ने बर्ष २१ को मुकेश विक र कास्की पोखरा महानगरपालिका–१२ चापापानी बस्ने बर्ष २९ को नवराज गुरुङ रहेको कास्कीका प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए ।

उनीहरुको साथबाट प्रहरीले डाइजापाम ६४ एम्पुल, नुर्फिन ६५ एम्पुल, फेनेरागन ६७ एम्पुल, गाँजा २० ग्राम, मोवाइल २ थान र नगद दुई हजार आठ सय ४० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनालाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *