मोरङको अमरदह बजारमा सोमबार राति भिषण आगलागी

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,मङ्सिर ३० गते।

मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ । बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो ।

आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट चारवटा दमकल अमरदह बजार पुगेका थिए । मोरङ प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ ।

स्थानीय, प्रहरी र बारुणयन्त्र कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगलागी बाट पसलका अधिकांश सामान जलेर नष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *