चोरीमा संलग्न भएको आरोपमा दुई जना पोखराबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३० गते।

पोखराबाट चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पोखरा-३ तेर्सापट्टी निवासी प्रवीण बैद्यको घरमा राखेको क्यामेरासहित करिब साढे दुई लाख रुपैयाँ बराबरको सामान चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई युवालाई पक्राउ गरेको हो ।

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पा घरभई पोखरा–५ जिरो बस्ने १९ वर्षीय दीपक मगर र पोखरा-२२ पुम्दीभुम्दी निवासी अनिश बराईली रहेका छन् ।

उनीहरु विरुद्ध कानूनी कारवाही अगाडि वढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *