राष्ट्रपति विद्यादेवि भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३० गते।

सरकारले रिक्त रहेका संवैधानिक निकायहरूमा पदपूर्तिका लागि अध्यादेश जारी गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद् बैठक स्थगित भएपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ ।

यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *