अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १० गते।
मोटरसाइकल चोरीको आरोपमा दुईजना बिहीबार ललितपुरको लगनखेलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार रहेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। उनीहरुले बा ८१ प ५२७५ नम्बरको कालो रङको पल्सर २२० सिसीको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
बाइक काठमाडौंको कपनबाट हराएको भनी पीडितले २०७४ असोज ९ मा महाशाखामा निवेदन दिएका थिए।