अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १० गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ६०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या दुईलाख ४८ हजार २९२जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो चौबीस घण्टामा आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१६ जनाको मृत्यु दत्र्ता गरिएको छ ।