मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको बैठक पुस १७ गतेका लागि आह्वान गर्नेगरि सिफारिस गर्यो

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस ११ गते।

मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार मन्त्रिपरिषद् हेरफेरपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।  

यसअघि राष्ट्रियसभाको बैठक जारी रहँदै प्रधानमन्त्ती केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई अन्त्य गर्न सिफारिस गर्नुभएको थियो । अधिवेशन अन्त्य भएको ठिक ६ महिनापछि प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठकका लागि सिफारिस गर्नु भएको हो ।

यसैबीच सरकारले प्रतिनिधिसभा विघटन गरेको छ भने राष्ट्रिय सभा मात्रै अब सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *