आगामी मंगलबार (१४ पुस) देखि लाइसेन्सको फारम खुल्ने

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस ११ गते।

२०७६ चैत ११ देखि बन्द रहेको लाइसेन्सको फारम खुल्न लागेको हो।

सरकारले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण गर्न गरेको लकडाउनसँगै रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को फारम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै आगामी मंगलबार (१४ पुस)देखि लाइसेन्सको फारम खुल्ने जनाएको हो।

लामो समयदेखि लाइसेन्सको फारम नखुल्दा हजारौं नागरिक लाइसेन्सको प्रतिक्षामा रहेका छन्। 

लाइसेन्सको फारम खुलाउदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *