आज थप ४८१ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार १८१ पुग्यो

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १२ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४८१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ४९ हजार ८६३जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *