अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, पुस १३ गते।
सशस्त्र प्रहरी बल बिओपी अलौले भारत बाट नेपाल तर्फ भित्रयाइएको अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बल बिओपी अलौले बरामद गरी नष्ट गरेको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल बिओपी अलौले प्रमुख प्रहरी निरीक्षक ईशवर अधिकारीको कमाणडमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका १९ बिन्दवासिनी बाट भारत भएर नेपाल तर्फ भित्रयाईएको दुईवटा मोटरसाइकलमा लोड रहेको ६ हजार गोटा ब्रोईलर कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको हो ।
सशस्त्र प्रहरीले अवैध कुखुराको चल्ला बरामद गरि नष्ट गरि पक्राउ परेको मोटरसाइकल BRO5 H११४३ र BRO५L१२३५नम्बरको मोटरसाइकल
थप अनुसन्धानको लागि वीरगंज भन्सार बुझाएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
सशस्त्र प्रहरी बल बिओपी अलौले पक्राउ गरेको अवैध कुखुराको चल्ला पशु क्वारेन्टाईन, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख ईशवर अधिकारीले बताए।