अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १३ गते।
ताप्लेजुङ्गस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको आंशिक नियन्त्रणमा आएको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
चार दिनदेखि लागेको आगलागी अझै पुर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भएका छन् भने स्थानीयहरुले पनि आगो निभाउन सहयोग गरिरहेका छन् ।
आईतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोलीले आंसिक रुपमा नियन्त्रणमा लिएको र मन्दिर आसपासको क्षेत्र खतरामुक्त देखिएको थियो । तर आज विहानदेखि फेरि आगो सल्किएको हो ।
डाँडामा आगो लागेको हुँदा दमकल जानसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । आगलागिको कारण समेत खुलेको छैन ।