अवैध रूपमा तस्करी गरि भारतर्फ गाँजा लैजान लागेका एकजना पक्राउ

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १३ गते।

अवैध रूपमा तस्करी गरि गाँजा भारतर्फ लैजान लागेका एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षिय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भुटहा जहदाका सशस्त्र प्रहरी निरीक्षक जंग बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

बिओपी भुटहा जहदाका सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा मोरङको जहदा गाउँपालिका १ भुटहाबाट आइतबार साझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपीले जानकारी दिए छ।

बरामद भएको गाँजा र पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगरलाई जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *