धनगढीमा २ प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार पक्राउ

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १३ गते।

कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याकाण्डका मुख्ययोजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरिएको छ। 

उनी सीमा क्षेत्रबाट पक्राउ परेका हुन । 

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।

घटना भएको अढाई महिनापछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *