अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १३ गते।
मनकामना केबुलकार सेवा नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो।
पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
नौ महिना बन्द रहेको केबुलकार गएको २८ मङ्सिरबाट सञ्चालनमा आएको थियो। सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढीले सेवा लिएका थिए।
मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि खुल्ला नै रहने छ। मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ।
मर्मतसम्भारपछि २१ पुसदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।