अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस १३ गते।
चीनको उत्तरपूर्वी प्रान्त लिओलिंगमा एक व्यक्तिले छुराले अन्धाधुन्ध हान्दा सात जनाको मृत्यु भएको छ। घटनामा अरु सातजना घाइते भएको जनाइएको छ।
लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा सो घटना स्थानीय समअनुसार आइतबार करिब ८ बजेतिर सुरु भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले मानिसलाई जथाभावी छुरा हान्दै हिँडेका थिए। ती व्यक्ति कि मानसिक रोगी कि कसैलाई बदला लिन उनले त्यसो गरेको अनुमान गरिएको छ।
प्रहरीले हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर आक्रमको उद्देश्य अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
आरोपित व्यक्तिलाई पक्राउ गर्ने क्रममा एक प्रहरीसमेत घाइते भएका छन्।