दुईजना लागू औषध कारोबारी नागढुंगाबाट पक्राउ

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १३ गते।

प्रहरीले नागढुंगाबाट दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ । 

रौतहटबाट काठमाडौं आउँदै गरेको ना.६ख ३१८१ नम्बरको बसमा आएका उनीहरुलाई प्रहरी प्रभाग नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका घर भएका गोबिन्द प्रसाद यादव र भारतीय नागरिक साहेबलाल यादव छन् ।

उनीहरुको साथबाट १२ सय एम्पुल डाइजेपाम, सोही परिमाणको फेनारगन र नुर्फिन बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपीले बताए ।

सो लागु औषध भारतबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *