अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १३ गते।
संसद् विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रर्दशन गर्दैछ ।
शनिबार सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपीशर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान समेत गरेका थिए।
आज देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ ।