धम्की दिँदै रकम असुल्ने रोल्पाका राजकुमार दमाई दाङ्गबाट पेस्तोलसहित पक्राउ

अनलाईन न्युजपाटी,दाङ्ग,समाचारदाता, पौष १७ गते।

धम्की दिँदै रकम असुल्ने रोल्पाका राजकुमार दमाईलाई दाङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। रोल्पाको  परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका थिए। उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो। नक्कली रुपैयाँ बुझ्दै गर्दा दमाईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो। दमाईका साथमा एक थान कटुवा पेस्तोल र एउटा गोली समेत फेला परेको प्रहरीले अनलाईन न्युजपाटी लाई  जनाएको छ। प्क्राउ परेका दमाईमाथि जिल्ला प्रहरीका कार्यालयमा आवश्यक अनुसन्धान भइरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *