अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष २० गते।
कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणी मुद्धाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई गाउँपालिका-५ का ४५ वर्षीय दिनेश प्रसाद साह कानु रहेका छन् । धुनियालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत पर्साले २०७६ जेष्ठ १४ गते १० बर्ष कैद सजाय सुनाएको थियो भने कानुलाई ०७२ साल माघ १८ गते जबरजस्ती करणी मुद्धामा ६ वर्ष ११ महिना १५ दिन कैद सजाय सुनाएको थियो ।गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई शनिबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।