फेरी विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ ,दुई सय ग्राम हिरा पनि बरामद

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २० गते।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पनि ५०० ग्राम सुन समातिएको छ । भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो । युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको विमानस्थलका एसएसपी राम कृपाल साहले अनलाईन न्युजपाटीलाई बताए । यस्तै  विमानस्थलबाट २०० ग्राम हिरासहित एकजना पक्राउ परेका छन् । मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट हिरा बरामद भएको प्रहरीले जनाएको छ । भन्सार कटिसकेका साथलीमाथि शंका लागेर केएमसी अस्पतालमा लगेर मेडिकल गराउँदा पेटमा हिरा लुकाएर ल्याएको भेटिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । विमानस्थलबाटै पछिल्लो ६ दिनमा ५ किलो सुन बरामद भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *