सर्लाहीको बागमतीमा एक युवतिको लास फेला, हत्या गरी फालेको आसंका

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, पौष २२ गते।

सर्लाहीको बागमतीमा एक युवतिको लास  फेला परेको छ । उनको हत्या गरी फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनलाईन न्युजपाटीलाई जनाएको छ । बागमती नगरपालिका–५ टेकानी स्थित बुडिबागमती किनारमा अन्दाजी २६ बर्षकी पुर्णिमा मोक्तानको शव फेला परेको प्रहरीले जनाएको छ । बिवाह भएर पनि लामो समय  देखी माईतिघर बागमती नगरपालिका–५ टेकानीमामै  बस्दै आएकी मोक्तान गत १८ गते रातीबाट बेपत्ता भएकी थिईन ।गत पुस १८ गते शनिवार रातीबाटै  बेपत्ता भएपनि  मोक्तान हराएको खबर माईती पक्षले झन्डै २४ घण्टा पछि आईतवार साँझ ४ बजेमात्र ईलाका प्रहरी कार्यालयलाई खवर गरेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ।बेपत्ता भएको मौखिक रुपमा खवरपाएको प्रहरीले मोक्तानको खोजी गरिरहेको भएपनि फेलापार्न सकेको थिएन ।प्रहरीले खोजी कार्यगर्दा समेत गर्दा फेला पार्न नसके पछि  सोमवार बिहान स्थानीय युवाको समुहले मोक्तानको घरबाट ४ किलोमिटर टाडा जंगल सँगै रहेको बुडिबागमती खोलाको किनारको खाल्डोमा खोजिगर्ने क्रममा शव फेला पारी प्रहरीलाई खवर गरेका थिए  । प्रहरी घटनास्थल मा पुग्दा उक्त सव मोक्तानको रहेको र सवको प्रकृती हेर्दा २४ घण्टा पहिलानै युवतीको मृत्यु भएको प्रहरी आशंका गरेको छ । शव गिट्टी वालुवा झिक्नेक्र ममा बनेको खाडलमा कासले छोपेको अवस्थामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *