कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, पौष २२ गते।

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीले जिल्लाको बेलौरीबाट लागु औषध ब्राउन सुगरसहित गुनाल सुनुवारलाई पक्राउ गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका– २ बस्ने ३३ वर्षीय  सुनुवारलाई सोमबार साँझ बेलौरी नगरपालिका– ८ स्थित भगवती ईटा उद्योग नजिकबाट पक्राउ गरिएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ।सुनुवारको साथबाट १३.५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *