मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ

अनलाईन न्युजपाटी,राजविराज,समाचारदाता, पौष २३ गते।

मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ  । दुई महिना अगाडी राजविराज नगरपालिका ७ स्थितबाट ना ३० प ५१६६ नम्बरको मोटरसाईकल चोरी भएको भन्दै दिलिप यादवले जिल्ला प्रहरी कार्यालय राजविराजमा हुलियासहितको दिएको निवेदनको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राजविराज वडा नं. ७ बस्ने प्रदिप साह र वडा नं. ७ कै जितेन्द्र राम शर्मा तथा डाक्नेश्वरी वडा नं. ९ बस्ने राजेश साह रहेको प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।यता पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसानधान कार्य अगाडी बढाइएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *