उदयपुरमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, पौष २४ गते।

उदयपुरको ताप्ली गाँउपालिका–२ धपेनीमा बुधबार साँझ करिव ६ बजे मे १ ज २६६२ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।जीप दुर्घटना हुँदा ताप्ली गाउँपालिका २ लेख गाउँ बस्ने २६ वर्षिय मिलन राई र झापा जिल्ला विर्तामोड बस्ने अन्दाजी ३३ वर्षिय महेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार ताप्लीकै रामपुरझिल्केबाट बछाङ्ग जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुको साथै चार जना गम्भिर घाइते भएका थिए रदुर्घटनामा परी ताप्ली गाउँपालिका २ लेखगाउँका २७ वर्षिय बाबु राई र ४० वर्षिय रसमाया राई गम्भीर घाइते भएका छन । चालक २१ वर्षिय कोमल राज मगर, ३२ वर्षिय मोतिलाल राई पनि घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि कटारी अस्पताल ल्याइदै गरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *