रौतहटमा स्काभेटरमा आगजनी

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पौष २४ गते।

रौतहटको गुजरा नगरपालिका–३ मा स्काभेटरमाथि आगजनी भएको छ ।हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ ।आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले अनलाईन न्युजपाटीलाई जनाएको छ ।आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको थियो । सडक श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीले बनाउँदै आइरहेको थियो ।स्काभेटरमा बिहीबार बिहान २ बजे आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले आगो निभाएका हुन् ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले अनलाईन न्युजपाटीलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *