अनलाईन न्युजपाटी,कपिलवस्तु,समाचारदाता, पौष २४ गते।
कपिलबस्तु नगरपालिका वडा नं १ स्थित रहेको देवेन्द्र किराना पसलको गोदाममा मंगलवार बिहान ७ बजे बिदधुत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागी बाट लगभग १२ लाखको चकलेट,च्याउच्याउ,बिस्कुट लगायतका बिभिन्न सामानहरु सहित कागजपत्र समेत जलेर नष्ट भएको देवेन्द्र किराना पसलका प्रोपराइटर धिरेन्द्र गुप्ताले बताएका छन् । आगलागी नियन्त्रणका लागी स्थानिय, कपिलवस्तु नगरपालिका कार्यालयको दमकल, वडा प्रहरी कार्यालयका प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।