अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, पौष २४ गते।
पोखराबाट स्कुटर चोरेर बेच्नका लागि धादिङहुँदै काठमाडौंतर्फ लैजादै गर्दा एक युवक पक्राउ परेका छन् । गत पुस २० गते पोखराको लेकसाइडबाट ग ४ प ७१६१ नम्बरको स्कुटर हराएको र खोजी गरिदिनका लागि पोखरास्थित प्रहरी कार्यालयमा उजुरी परेको थियो ।सोही स्कुटर पृथ्वीराजमार्गको बाटोहुँदै काठमाडौं लगिदैछ भन्ने सूचनाको आधारमा चेकजाँचका क्रममा धादिङस्थित बेनिघाट प्रहरीले स्कुटरसहित युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कैलाली गोदावरी स्थायी घर भइ पोखरा महानगरपालिका २४ पामे बस्ने कमल गिरि रहेका छन् । घटनाको थप अनुसन्धान र आवश्यक कारवाहीका लागि गिरिलाई पोखरास्थित वडा प्रहरी कार्यालय बैदामको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गजुरीले अनलाईन न्युजपाटीलाई जानकारी दिएको छ।