अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष २४ गते।
धनगढीमा कार अनियन्त्रित हुँदा एक जना घाईते भएका छन । धनगढी उपमहानगरपालिका वडा नं. १५ मा बुधवार कार अनियन्त्रित भएको हो ।कैलाली गाउँपालिका वडा नं. ३ घर भएका वर्ष २५ का चुन्नुराम चौधरीले चलाएको बा. २० च. ४७२८ नम्बरको रातो रङको कार अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले अनलाईन न्युजपाटीलाई बताउनुभयो ।दुर्घटनामा परी गाडीमा सवार कैलाली गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३७ को हरी प्रसाद चौधरीको टाउकोमा चोट सामान्य लागेकोअनलाईन न्युजपाटीलाई जनाएको छ ।