अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदाता, पौष २४ गते।
जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे१ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे नगरपालिका- ११ को बालुवा संग्रही नजिक सडकभन्दा १ सय ५० मिटर तल चिप्लेको हो। दुर्घटनामा १८ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा सुर्खेत भेरगंगा ननगरपालिका छिन्चुका वर्ष ३५का चालक प्रकाश शर्मा, सोही नगरपालिका ९ जहरेका ४९ वर्षीय शान्त कुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का ३० वर्षीय होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे नगरपालिका १ का १३ वर्षीय अनिश विश्वकर्मा, छेडागाड नगरपालिका ९ जाजरकोटका २१ वर्षीय भगवती उपाध्यक्ष गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नेपालगन्ज लिइएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ। घाइते हुनेमा ६ महिला २ बच्चा १० जना पुरुष रहेका छन्। गाडीको स्पिड बढी भएको कारण ओरालोमा दुर्घटना भएको अनुमान गरिएको छ।