लागुऔषध गाँजा र चरेश मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक कसुरदार १४ वर्षपछि पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष २४ गते।

लागुऔषध गाँजा र चरेश मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक कसुरदार १४ वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्ज महानगपालिका वडा नम्बर २ बस्ने ४८ वर्षे उमाशंकर वर्णवाल रहेका छन् । पक्राउ परेका वर्णवाललाई जिल्ला अदालत पर्साले २०६२ साल असार २८ गतेको फैसलाले लागुऔषध गाँजा–चरेश मुद्दामा ४ वर्ष ५ महिना कैद र २५ हजार जरिवाना तोकेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली उनलाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका वर्णवाललाई आवशयक कारवाहीको लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *